post-slider post-slider

‘न्युजक्लिक’ को कार्यालय ‘शील’, सञ्चालक प्रहरी नियन्त्रणमा

Image
A A

काठमाडौं- अनलाइन न्युज पोर्टल ‘न्युजक्लिक’ का संस्थापकसहित दुई जना नयाँ दिल्लीबाट पक्राउ परेका छन्।

चीनको आर्थिक सहयोगसम्बन्धी मामिलामा ‘न्युजक्लिक’ का संस्थापक प्रबीर पुरकायस्थ र मानव संसाधन प्रमुख अमित चक्रवर्तीलाई दिल्ली प्रहरीले पक्राउ गरेको हो।

दुवै जनालाई सात दिनका लागि हिरासतमा पठाइएको छ।

पुरकायस्थ र चक्रवर्तीविरूद्ध गैरकानुी गतिविधि रोकथाम अधिनियमअन्तर्गत मामिला दर्ज गरिएको छ।

प्रहरीले मंगलबार ३० भन्दा बढी स्थानमा छापा हानेको थियो। र, यसबारे कैयौं पत्रकारहरूसँग सोधपुछ गरेको थियो।

प्रहरीले ‘न्युजक्लिक’ कार्यालय पनि सिल गरिदिएको छ। त्यस्तै ४६ जनासँग सोधपुछ गरेको प्रहरीले उनीहरूको ल्यापटप र मोबाइल फोन नियन्त्रणमा लिएको छ।

प्रहरीले अभिसार शर्मा, परन्जय गुहा ठाकुरता, सोहेल हाशमी, संजय रजौरालगायतका पत्रकाहरूसँग सोधपुछ गरेको थियो। 

करिब ६ घन्टासम्म सोधपुछ गरेपछि प्रहरीले उनीहरूलाई छाडेको थियो।

 

Tags: