post-slider post-slider

राष्ट्रपति पौडेल भूकम्प प्रभावित क्षेत्र जाँदै

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन्।

राष्ट्रपति पौडेल मंगलबार भूकम्प प्रभावित क्षेत्र जान लागेका हुन्।

भूकम्पबाट प्रभावितहरूको अवस्था बुझ्न पौडल त्यस क्षेत्रमा जान लागेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

राष्ट्रपति पौडेलले मुलुकमा प्राकृतिक विपत्तिको अवस्था आएको भन्दै यही २२ गतेबाट हुने युरोप भ्रमण स्थगित गरेका थिए।

गत शुक्रबार मध्यरातमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको शक्तिशाली भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा सयौंको संख्यामा मानवीय र भौतिक क्षति भएको छ।

 

Tags: