post-slider post-slider

बाइडनको टिप्पणी : सी जिन्पिङ तानाशाह हुन्

Image
A A

काठमाडौं- अमेरिकी राष्ट्रपति जो बाइडनले चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई तानाशाह भनेका छन्।

क्यालिफोर्नियामा आयोजित एक कार्यक्रममा बाइडनले यस्तो बताएका हुन्।

विश्वका दुई महाशक्तिबीचको तनाव कम गर्ने उद्देश्यले बेइजिङमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले सीलाई भेटेको एक दिनपछि बाइडनको यस्तो टिप्पणी आएको हो।

सीले बेइजिङमा केही प्रगति भएको बताएका थिए भने ब्लिङ्कनले दुवै पक्ष थप वार्ताका लागि खुला रहेको संकेत गरेका थिए।

चीनले बाइडनको टिप्पणीबारे हालसम्म प्रतिक्रिया दिइसकेको छैन।

मंगलबार राति भएको एउटा चन्दा संकलन कार्यक्रममा राष्ट्रपति बाइडनले चिनियाँ जासुसी बलुन अमेरिकी आकाशमा उडाएको हालैका घटनाका कारण सी लज्जित भएको बताए।

‘सी जिन्पिङ दुःखी हुनुको कारण के थियो भने जब मैले त्यो बेलुनलाई खसाले त्यसमा दुई बाकस जाुससी उपकरण थिए, उनलाई त्यो त्यहाँ थियो भन्ने थाहा थिएन,’ बाइडनले भने,‘जब के भएको भन्ने उनीहरूलाई थाहा हुँदैन, त्यो तानाशाहरूका लागि लाजमर्दो कुरा हुन्छ।’

ब्लिङ्कनको बैइजिङ यात्रा करिब पाँच वर्षयता कुनै पनि शीर्ष अमेरिकी कूटनीतिज्ञले चीनमा गरेको पहिलो भ्रमण थियो।

तर, उनले दुवै पक्षबीच कैयौं फरकपन रहेको बताएका थिए।

वाशिङटन र बेइजिङ लामो समयदेखि व्यापार, मानवअधिकार र ताइवानलगायतका विभिन्न मुद्दाहरूमा अल्भिँदै आएका छन्।

 

 

Tags: