post-slider post-slider

‘विवादस्पद’ अभिव्यक्तिबारे प्रधानमन्त्रीको सचिवालयले भन्यो – राजनीतिक अभिष्ट पूरा गर्न खोजियो

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई अपव्याख्या गरेर त्यसकै आडमा राजनीतिक अभिष्ट पूरा गर्न खोजिएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

प्रधानमन्त्री प्रण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले सम्बन्धको गहिराइलाई व्यक्त गर्न गरिएको भावनात्मक अभिव्यक्तिलाई बंगाएर अतिसयोक्तिपूर्ण राजनीतिकरण गर्नु निरर्थक र दुखद रहेको बताएका हुन्।

संसदमा प्रष्टिकरणको मौकासमेत नदिइ प्रधानमन्त्रीको भनाइको आसयविपरित एकपक्षीय ढंगले प्रचारप्रसार गरिनु दुर्भाग्यपूर्ण रहेको उनको भनाइ छ।

‘दलगत राजनीति र लोकतान्त्रिक प्रणालीप्रति नै वितृष्णा सिर्जना गर्न विभिन्न कोणबाट भइरहेको हमलाविरूद्ध लोकतन्त्रको रक्षा र सुशासनको प्रत्याभूतिका लागि सरकारले चालेका कामबाट ‘केही हुँदैन’ भन्ने निराशावादी मनोविज्ञानको ठाउँमा ‘गरे हुने रहेछ’ भन्ने आसलाग्दो वातावरण सिर्जना भइरहेको बेला प्रधानमन्त्रीको राजीनामा मागिनु भ्रष्टाचार र जनताको पक्षमा सञ्चालित अभियान रोक्ने मनसाय रहेको कुरा स्पष्ट छ,’ आचार्यले जारी गरेको वक्तव्यमा भनिएको छ।

प्रमुख प्रतिपक्षी दलले नियोजित रूपमा संसद अवरोध गर्दा मिटरब्याजीहरूलाई कारबाही गर्न ल्याइएको विधेयक संसदबाट पारित नभइ निस्क्रिय हुँदा पीडितहरूको न्यायप्राप्तिको अपेक्षामा गम्भीर आघात पुगेको प्रधानमन्त्रीको सचिवालयले बताएको छ।

केही दिनअघि आफैंले समर्थन गरेको प्रधानमन्त्रीको राजीनामा मागेर संसद अवरूद्ध गर्नु संसदको अपमान रहेको वक्तव्यमा भनिएको छ।

‘माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रमुख प्रतिपक्षी दल एमालेसमेतको प्रस्तावमा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको र सम्मानित सदनबाट झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त गर्नुभएको थियो,’ वक्तव्यमा भनिएको छ,‘संकुचित राजनीतिक मानसिकताका साथ उहाँको राजीनामा मागेर संसद अवरूद्ध गर्नु सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले चालेका कदमको विरोध र सिंगो संसदको नै अपमान हुन जाने तथ्यसमेत हामीले हेक्का राख्नुपर्दछ।’

जनयुद्धपछि भेटघाट भएको सरदार प्रितम सिंहसँग प्रधानमन्त्री प्रचण्डको पारिवारिक र भावनात्मक सम्बन्ध भएको उनको सचिवालयले प्रष्ट पारेको छ।

‘प्रचण्डकी जेठी छोरी ज्ञानु दाहाल क्यान्सर रोगबाट संक्रमित भएपछि २०६७ / ६८ सालमा सिंहको दिल्लीस्थित घरमा बसेर नै उहाँको उपचार प्रक्रिया अगाडि बढेको र छोरीको उपचारका क्रममा उहाँको भारतमा आउजाउ हुने गरेको थियो। सोही क्रममा सिंहका नातिसँग प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहालको सम्बन्ध घनिष्ठ बनेको र उहाँहरूको सम्बन्ध औपचारिकमात्र नभएर भावनात्मक एवं पारिवारिकसमेत हुँदै गएको थियो,’ प्रचण्डको सचिवालयले भनेको छ।

 

 

Tags: