post-slider post-slider

एनसेल प्रकरण : समितिले बुझायो प्रतिवेदन, सेयर खरिदबिक्रीलाई स्वभाविक मान्न नसकिने निष्कर्ष

Image
A A

काठमाडौं- एनसेल सेयर खरिद बिक्रीसम्बन्धमा अध्ययन गर्न गठित छानबिन समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष प्रतिवेदन पेस गरेको छ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा समितिका संयोजक टंकमणिशर्मा दङ्गालले प्रधानमन्त्री प्रचण्डसमक्ष प्रतिवेदन पेस गरेका हुन्।

सरकारले गत मंसिर २१ गते एनसेल सेयर खरिद बिक्रीको निर्णयको सम्बन्धमा प्रचलित कानुनको परिपालनको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीको सम्बन्धमा पर्न सक्ने असरलगायतका विषयमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा समिति गठन गरेको थियो।

समितिमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन्।

समितिलाई एक महिनाभित्र प्रतिवेदन पेस गर्ने समयावधि दिइएपछि छानबिन नसकिएपछि म्याद थप गरिएको थियो।

समितिले सेयर खरिदबिक्री सम्झौता स्वतन्त्र ढंगले भएको स्वाभाविक सम्झौता मान्न नसकिने निष्कर्ष निकालेको छ।

 

Tags: