post-slider post-slider

सरकार कमजोर हुँदा अनेकखाले शक्ति सक्रिय भएका छन् : ओली

Image
A A

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशविरूद्ध अहिले विभिन्नखाले षडयन्त्र भइरहेको बताएका छन्।

नेपाल संवत १९४४ को अवसरमा एमाले काठमाडौं महानगर कमिटीले आयोजना गरेको कार्यक्रममा देशविरूद्ध विभिन्नखाले षडयन्त्र भइरहेको बताउँदै उनले सचेत रहन आग्रह गरे।

नेपाललाई अस्थिर बनाएर बनाएर फाइदा लिन खोज्ने तत्वहरूले पुनः षडयन्त्र सुरू गरेको उनको भनाइ छ।

‘नेपाललाई अस्थिर बनाएर फाइदा लिन खोज्ने तत्वहरूले पुनः षडयन्त्र सुरू गरेका छन्। जाति, धर्म र पहिचानको नाममा अराजकता मच्चाउने प्रयास गरिरहेका छन्, त्यसलाई परास्त गर्न सबै नेपाली एक ठाउँमा उभिनुपर्छ,’ उनले भने।

अध्यक्ष ओलीले सरकार कमजोर हुँदा मुलुकमा अनेकखाले शक्तिहरू सलबलाउने अवसर पाएको जिकिर गरे।

वर्तमान सरकार हरेक कोणबाट कमजोर भइसकेको बताउँदै उनले देशको रक्षाका लागि जनता नै अगाडि आउनुपर्ने उल्लेख गरे।

देशको लोकतन्त्र र गणतन्त्र चिट्ठामा पारेर आएको व्यवस्था नभएको बताउँदै ओलीले भने,‘मुलुकको लोकतन्त्र र गणतन्त्र नेपाली जनताको खुन पसिना बगेर आएको व्यवस्था हो, यसलाई समस्यामा पार्न खोज्ने तत्वलाई जुनसुकै अवस्थामा परास्त गर्नेछौं, त्यसको नेतृत्व एमालेले गर्नेछ।’

 

Tags: