post-slider post-slider

‘आयोगको सिफारिस कार्यान्वयन गर्न सरकार प्रतिबद्ध छ’

Image
A A

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मानवअधिकार आयोगले गरेका सिफारिस सतप्रतिशत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

७५ औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा राष्ट्रिय मानवअधिकार आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आयोगका सबै सिफारिस कार्यान्वयनका लागि आफूले प्रयत्न गर्ने बताए।

उनले संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरी पीडितलाई अनुभूत हुनेगरी न्याय दिलाउन सरकारले निरन्तर काम गरिरहेको र राजनीतिक रूपमा पनि आफूले प्रयास गरिरहेको बताए।

आयोगलाई सशक्त र प्रभावकारी बनाउन सरकारबाट हरसम्भव प्रयास भइरहेको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले सरकार मानवअधिकार संरक्षणप्रति प्रतिबद्ध रहेको र मानवअधिकार संरक्षणका लागि संविधानमा नै ३१ वटा मौलिक हकको व्यवस्था गरिएको बताए।

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले गरेका सिफारिस १५.३ प्रतिशतमात्र पूर्णरूपमा कार्यान्वयन भएको जानकारी दिए।

उनले आयोगका सिफारिस कार्यान्वयनलाई प्राथमिकतामा राख्न आग्रह गरे।

 

Tags: