post-slider post-slider

इरानपछि पाकिस्तानको अफगानिस्तानसँग सैन्य लफडा, चार जनाको मृत्यु

Image
A A

काबुल, माघ ७ - अहिले पाकिस्तानका लागि समय राम्रो चलिरहेको छैन। 

बलुचिस्तानमा इरानले गरेको हवाई हमला र त्यसपछिको जवाफी हमलाका कारण दुई देशबीचको सम्बन्ध निकै तनावपूर्ण बनेको छ।

यसैबीच पाकिस्तानी सेना र अफगान सेनाबीच झडप भएको खबर आएको छ। प्राप्त जानकारी अनुसार शनिबार पाकिस्तानी सीमा गार्ड र अफगान शासक तालिबानबीच डुरान्ड लाइनमा भिडन्त भएको थियो, जसमा कम्तीमा चार जनाको मृत्यु भएको थियो।

टोलो न्यूजले स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै भनेको छ कि गत वर्ष छिटपुट झडपपछि अफगानिस्तानको कुनार प्रान्तको सीमामा तालिबान र पाकिस्तानी सेनाबीच झडपको नयाँ घटना प्रकाशमा आएको हो। 

पाकिस्तानी सेनाले सीमा उल्लङ्घन गरेपछि झडप सुरू भएको थियो, त्यसपछि पाकिस्तानी सेनाले कुनार प्रान्तमा तालिबान पोष्टहरूमा गोली चलाएको थियो। यी झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र छ जना घाइते भएको बताइएको छ।

गत बिहीबार पाकिस्तानले इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा ‘आतंकवादी लुकेका ठाउँहरू’ मा ड्रोन र मिसाइलले सैन्य आक्रमण गरेको थियो, जसमा ९ जनाको मृत्यु भएको थियो। 

इरानले पाकिस्तानको अशान्त बलुचिस्तान प्रान्तमा सुन्नी बलुच आतंककारी समूह जैश अल अदललाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको दुई दिनपछि यो आक्रमण भएको हो। 

यी हमलाहरूपछि पाकिस्तानले इरानबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ र यसअघि तय गरिएका सबै उच्चस्तरीय द्विपक्षीय भ्रमणहरू स्थगित गरेको छ।

Tags: