post-slider post-slider

लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्यास लिन्छु : मन्त्री बस्नेत

Image
A A

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो विरोध हुने गरेको बताएका छन्।

शुक्रबार वीर अस्पताल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरूले विरोध गरेको बताए।

मन्त्री बस्नेतले वीर अस्पतालको खानाको सुविधा पनि बजेट अभावका कारण अर्थले कटौती गरेको भए पनि आफूले कटौती गरेको हल्ला चलाएको बताए।

अक्सिजनको सिलिण्डरमा पनि आफूले अनियमितता गरेको भन्दै भ्रम फैलाएको उनले बताए।

उनले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्यास लिने दाबी गरे। 

वीर अस्पतालको सुधार गर्दा कसैले विरोध गरे त्यसको प्रतिकार गर्न आफू तयार रहेको उनले बताए।

मन्त्री बस्नेतले जटिल रोगहरूका लागि विशेष उपचारको व्यवस्था गर्दै लैजाने बताए। 

सो अवसरमा मन्त्री बस्नेतले महिलाको स्तन क्यान्सर भए(नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गरे। 

उक्त सेवाबाट ‘थ्रिडी टेक्नोलोजी’सहित परीक्षणको नजिता हेर्न सकिने अस्पतालले जनाएको छ।

 

Tags: