post-slider post-slider

छुट्ने भए खाँण

Image
A A

काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँड रिहा हुने भएका छन्।

उच्च अदालत पाटनले खाँणलाई रिहा गर्न आदेश दिएको हो।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा उनी सात महिनाअघि पक्राउ परेका थिए।

बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई रिहा गर्न आदेश दिएको हो।

यसअघि उनको रिहाइबारे उच्च अदालत पाटनका दुई न्यायाधीशबीच राय बाझिएपछि आजका लागि सुनुवाइ सारिएको थियो।

Tags: