post-slider post-slider

पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्री नजिकका हुन : एनआएनए अध्क्ष केसी

Image
A A

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले एनआरएनएको निर्वाचनमा पराजित पक्ष प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको नजिकको रहेको बताएका छन्।

निर्वाचित भएको ९० दिन पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

केसीले निर्वाचनमा पराजित आरके शर्मा पक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदनिकट रहेको बताए।

देशमा जुनसुकै राजनीतिक पार्टीको सरकार भए पनि गैरआवासीय नेपाली संघ गैरराजनीतिक अभियान रहेको उनको भनाइ छ।

एनआरएनएको २० वर्षमा सबैभन्दा बढी प्रोफेसनल र सचेतना अपनाएर आफूहरूले निर्वाचन गरेको केसीले दाबी गरे।

उनले निर्वाचनअघिसम्म सबैले सहमति गरेर मतदात गराए पनि नतिजा पक्षमा नआउँदा विभिन्न आरोप लगाइएको बताए।

केसीले अहिले एनआरएनएको निर्वाचित समिति एउटामात्रै भएको प्रष्ट पारे।

विगत तीन महिनामा परोपकार, लगानी, संस्थागत विकासलगायतका मुद्दामा सकारात्मक काम र पहलहरू सुरू भएको एनआरएनले जनाएको छ।

जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति हुनेगरी जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावित क्षेत्रमा एनआरएनएले स्वास्थ्य शिविर सञ्चालन, छात्रछात्रालाई न्यानो कपडा वितरण गर्नुका साथै दुई दर्जन देशका गैरआवासीय नेपाली संघका राष्ट्रिय समितिलगायतबाट संकलित करिब १ करोड २४ लाख ६८ हजार रूपैयाँ बराबरको भौतिक तथा आर्थिक सहयोग गरेको एनआरएनएले जनाएको छ।

 

Tags: