post-slider post-slider

तीन रूसी लडाकु विमान खसालेको युक्रेनको दाबी

Image
A A

काठमाडौं- युक्रेनको सेनाले देशको दक्षिणमा तीनवटा रूसी लडाकु जेट खसालेको जनाएको छ।

बमवर्षक सु–२५ जेट विमानहरू खेअर्सन क्षेत्रमाथिबाट खसालिएको युक्रेनको एयर फोर्सले घोषणा गरेको छ।

राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले ती विमान खसाल्ने सैनिकहरूलाई धन्यवाद दिँदै उक्त घटना युद्धग्रस्त खेअर्सन क्षेत्रमा भएको बताएका छन्।

यी दाबीहरूबारे मस्कोले कुनै प्रतिक्रिया जनाएको छैन तर प्रभावशाली रूसी ब्लगरहरूले क्षतिबारे उल्लेख गरेका छन्।

शुक्रबार आफ्नो रात्रिकालीन सम्बोधनका क्रममा जेलेन्सीकले विमान खसालिएको घटनाले युक्रेनमा निशाना बनाइरहेका रूसी पाइलटहरूलाई ‘कोही पनि सजाय नपाइकन नजाने’ भनेर सजग गराएको बताए।

उनले नेदरल्याड्सका प्रधानमन्त्री मार्क रुटेसँग कुरा गरेर भविष्यमा एफ–१६ जेट पठाउनेबारे र नयाँ ईयु सहायता प्याकेजबारे छलफल गरेको बताए।

मस्कोले जेटहरूको क्षतिका बारेमा प्रतिक्रिया जनाएको छैन। तर, फाइटरबमर भनेर परिचित युद्धसम्बन्धी एक जना प्रभावशाली रूसी ब्लगरले संख्या नखुलेका विमानहरूको क्षति भएको जनाउँदै ती सम्भवतः अमेरिकामा बनेका प्याट्रोइट क्षेप्यास्त्रहरूले खसालेको हुनसक्ने भनेका छन्।

सन् २०२२ को फेब्रअरीयता पूर्ण आकारको अतिक्रमण सुरू गरेको रूसी फौजसँग लडिरहँदा युक्रेनले गोलाबारुदको अभावको सामना गरिरहेको छ।

जाडोयाम सुरू भएसँगै हाल किएभको प्रत्याक्रमण रोकिएको छ। र, हालसम्म सबैभन्दा ठूलो सैन्य सहायता गरिरहेको अमेरिकामा रिपब्लिकन दलका सांसदहरूले युक्रेनलाई युद्धमा थप सहायता दिन अनिच्छुक देखिरहेका छन्।

यसै साता आफ्नो वर्षको अन्त्यमा गरिने पत्रकार सम्मेलनमा जेलेन्सीकले युक्रेनले रूससँग युद्ध नहारिरहेको बताएका थिए।

जसक्रममा उनले युद्धमा थप पाँच लाख मानिसहरू परिचालन गर्न चाहेका बताएका थिए।

उनले अहिले नै पाँच लाख मानिसहरू अग्रमोर्चामा रहेको बताउँदै उक्त विषय संवेदनशील र खर्चिलो हुने स्वीकारेका थिए।

अमेरिका र युरोपी संघबाट सहायतामा देखा परिरहेका अवरोधबीच उनको यो प्रतिक्रिया आएको थियो।

 

Tags: