post-slider post-slider

तनहुँमा बोलेरो पल्टिँदा एक जनाको मृत्यु, ६ जना घाइते

Image
A A

काठमाडौं - तनहुँमा बोलेरो पल्टिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य ६ जना घाइते रहेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताए।

मृत्यु हुनेमा चितवन इच्छाकामना गाउँपालिका-६ का २२ वर्षीय सागर गुरुङ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको खाणले बताए।

शनिबार बेलुका करिब सवा ६ बजे आबुखैरेनी गाउँपालिका-२ नारीघाटस्थित पृथेवी राजमार्गमा बा१६च ४९१८ नम्बरको बोलेरो अनियन्त्रित भएर पल्टिएको थियो।

दुर्घटनामा इच्छाकामना गाउँपालिका-५ का २२ वर्षीय डम्बरबहादु गुरुङ, २४ वर्षीय कमल गुरुङ, ४६ वर्षीय रुद्रबहादुर चेपाङ, १८ वर्षीय जित गुरुङ, इच्छाकामना-६ का ३४ वर्षीय रुपकबहादुर गुरुङ घाइते छन्।

यस्तै, भरतपुर महानगरपालिका-२९ का ३४ वर्षीय टेस्टबहादुर गुरुङ घाइते छन्। गोरखा सहिद लखन गाउँपालिका-३ का ३० वर्षीय पूर्ण गुरुङ उपचारपछि घर फर्केका छन्।

Tags: