post-slider post-slider

आज भाइटीका, शुभ साइत बिहान १० : ५१ बजे

Image
A A

काठमाडौं- तिहारको मुख्य दिन आज भाइटीका पर्व मनाइँदैछ।

यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीक पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसरा पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ।

प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारका दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन्।

आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ।

दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको छ।

भाइटीकाको टीका आज दिनभर लगाउने कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान १० : ५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम मानिएको छ।

यसवर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ।

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दानिे पर्नेछन्। दिदीबहिनीले दाजुभाइलाई आशीर्वाद दिने भएकाले यसरी बस्नुपर्ने धर्मशास्त्रीहरूले बताएका छन्।

 

Tags: