post-slider post-slider

कांग्रेस बैठक १० गतेसम्मका लागि स्थगित

Image
A A

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक १० गते बुधबार बस्नेगरि स्थगित भएको छ। आजको बै‌ठकमा उपसभापति र महामन्त्रीद्वयले सदस्यहरूले उठाएका जवाफ दिएसँगै सकिएको बैठक १० गते बस्नेगरि सकिएको हो।

आज कांग्रेस केन्द्रीय समितिको छैठौं दिनको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले जवाफ दिएका थिए।

जवाफका क्रममा महामन्त्रीद्वयले पार्टीलाई सुदृढ बनाउन नेतृत्वलाई गरिने आलोचना गाली नहुने बताए।

महामन्त्री र उपसभापतिको जवाफपछि कांग्रेस बैठक १० गते बुधवारसम्मका लागि स्थगित भएको छ। सभापति शेरबहादुर देउवाले त्यही दिन बोल्ने बताएका छन्।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक साउन २ गतेदेखि जारी छ।

Tags: