post-slider post-slider

सिंदरबारमा आगो लगाइदिने बालेनको चेतावनी

Image
A A

काठमाडौं - काठमाडौं महानगरका मेयर बालेन्द्र साहले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा आगो लगाइदिने चेतावनी दिएका छन्।

सरकारले महानगरको गाडी समातेको भन्दै मेयर साहले यस्तो चेतावनी दिएका हुन्।

उनले सरकारलाई 'चोर' समेत भनेका छन्।

शनिबार राति सामाजिक सञ्जालमा मेयर साहले लेखेका छन्,' आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख ' चोर' सरकार।'

 

Tags: