post-slider post-slider

वीरगञ्ज नाकामा भेटिए नयाँ कोरोना संक्रमित

Image
A A

काठमाडौं- वीरगञ्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा गरिएको एन्टिजेन परीक्षणमा दुई व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ।

उनीहरु दुवै जनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन १ को संक्रमण भेटिएको प्रयोगशाला प्राविधिक निशा साहले जानकारी दिइन्।

उनका अनुसार बिहीबार एक जना नेपाली र बुधबार एक जना भारतीय नागरिकमा कोरोना संक्रमण भेटिएको हो।

कोरोना संक्रमण पुष्टि भएका दुवै जना कोलकत्ताबाट रेलको यात्रा गरी नेपाल आएका थिए।

नेपाली नागरिकलाई वीरगञ्जकै नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ भने भारतीय नागरिकलाई बुधबार नै भारतीय प्रहरीको जिम्मा लगाइएको छ।

उनीहरुमा लिइएको नमुना जिन सिक्वेन्सीङका लागि जनकपुरस्थि प्रादेशिक स्वास्थ्य प्रयोगशालामा पठाइएको छ।

नेपाल–भारत सीमास्थित नाकाको हेल्थ डेस्कमा बुधबार र बिहीबार करिब एक सयभन्दा बढी व्यक्तिमा एन्टिजेन परीक्षण गरिएको थियो।

 

Tags: