post-slider post-slider

प्रधानमन्त्री क्रिकेट कप : मधेसको विजयी सुरुवात

Image
A A

काठमाडौं - प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा मधेस प्रदेसले विजयी सुरुवात गरेको छ।

मूलपानी क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा मधेसले कोसी प्रदेसलाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।

मधेसले कोसी प्रदेसलाई ७ विकेटले पराजित ग¥यो।

जितका लागि १२८ रनको सामान्य लक्ष्य पछ्याएको मधेसले २०.१ ओभरमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो।

मधेसको जितमा विकेटकिपर अनिलकुमार साहले उत्कृष्ट प्रदर्शन गरे।

उनले ५४ बलमा १४ चौका र ३ छक्कासहित ८८ रन बनाए।

त्यस्तै हरिशंकर साहले २४ र निरज यादवले ९ रनको योगदान दिए।

कोसीका लागि सोनु मण्डलले २ र सुजन थपलियाले १ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोसीले ४१ ओभरमा सबै विकेट गुमाएर १२७ रन जोडेको थियो।

कोसीका लागि फिर्दोस अन्सारीले ४१ र ओपनिङ गरेका कप्तान अंकित सुवेदीले ४० रन बनाए।

अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मधेसका लागि प्रदीप पासवानले ३ विकेट लिँदा पवन सर्राफ, राजेश यादव र रञ्जित कुमारले २–२ विकेट लिए।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेसगरी १० टोलीको सहभागिता रहेको छ।

सबै टोलीले राउन्ड रोविन लिगमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ।

प्रतियोगिताको शीर्ष चारमा रहने टोलीबीच आगामी चैत र वैशाखमा एलिट ट्रफी खेलाइने क्यानले जनाएको छ।

 

Tags: