post-slider post-slider

अमेरिकी राष्ट्रपतिमा दोस्रोपटक डोनाल्ड ट्रम्प विजयी

Image
A A

काठमाडौं- अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प विजयी भएका छन्। 

डोनाल्ड ट्रम्पले २७९ इलेक्टोरल भोट प्राप्त गर्दै डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गरेका हुन्। कमला ह्यारिसले २१९ इलेक्टोरल भोट प्राप्त गरेकी छन्।

ट्रम्पले अमेरिकाका सातमध्ये चार स्वीङ स्टेटमा जित हासिल गरेका छन्। यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन्।

अमेरिकामा कुल ५३८ इलेक्टोरल कलेज मध्ये बहुमतको लागि २७० इलेक्टोरल भोट आवश्यक पर्दछ।

पपुलर मतमा पनि यसपालि ट्रम्प नै अगाडि छन्। ट्रम्पले ७ करोड ८ लाख ७७ हजार ४८४ मत प्राप्त गरेका छन्। ह्यारिसले ६ करोड ५८ लाख १२ हजार ७५९ मत प्राप्त गरेकी छिन्।

ट्रम्प दोस्रोपटक अमेरिकी राष्ट्रपति बनेका हुन्। उनी सन् २०१६ मा हिलारी क्लिन्टनलाई पराजित गरी पहिलोपटक राष्ट्रपति बनेका थिए।

त्यसपछि उनी जो बाइडेनसँग दोस्रो कार्यकालका राष्ट्रपति उम्मेदवार बने। दोस्रोपटक निर्वाचनमा बाइनेडनसँग पराजित भए। ट्रम्प पुन: यसपालि राष्ट्रपति निर्वाचनमा उम्मेदवार बनेका थिए। 

रिपब्लिकन पार्टीमा जबरजस्त ट्रम्पको लोकप्रियता छ। त्यही लोकप्रियता हासिल गर्दै राष्ट्रपति निर्वाचनमा ट्रम्प लगातार तीन पटक लडेका थिए।

Tags: