post-slider post-slider

निर्वाचन व्यवस्थापन विधेयक पारित गर्न आयोगको आग्रह

Image
A A

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन व्यवस्थापन विधेयक सदनबाट यथाशीघ्र पारित गर्न आग्रह गरेका छन्।

सरकारसमक्ष पेस गरिएको विधेयकको मस्यौदामा आम बहस गरी सदनबाट छिटो पारित गर्न उनले आग्रह गरेका हुन्।

निर्वाचन आयोग र नेपाल कानुन समाजले सोमबार सञ्चारकर्मीसँग गरेको छलफलमा थपलियाले मुलुकको शासकीय सुधारका लागि निर्वाचन कानुनको सुधार जरूरी रहेको प्रष्ट पारे।

निर्वाचन आयोगले गत वर्ष भएका विभिन्न निर्वाचनको समीक्षा र प्राप्त सुझावलाई विश्लेषण गरी एकीकृत निर्वाचन कानुनको विधेयक गत असार १८ गते निर्णय गरी गृह मन्त्रालयसमक्ष पेस गरेको थियो।

कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका पूर्वसचिव माधव पौडेलले विधेयक पारित भएमा व्यापक सुधार हुने बताए।

निर्वाचनको सवालमा नैतिक मूल्य मान्यतालाई पनि राजनीतिक दलले आत्मसात गर्नुपर्ने उनको भनाइ छ।

विधेयक तर्जुमा गर्न २०७८ पुस १४ गते नेपाल सरकारबाट सैद्धान्तिक सहमति प्रापत भएको थियो।

 

Tags: