post-slider post-slider

नेपालविरूद्ध ब्याटिङ गर्दै भारत

Image
A A

काठमाडौं- हाङझाउ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र भारतबीच खेल भइरहेको छ।

मंगलबार विहान झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा भारतले टस जितेर ब्याटिङ गरिरहेको छ। 

भारतीय टिमको कप्तानी गरिरहेका रुतुराज गायकवाड र यसश्वी जैशवालले ‍ओपनिङ गरिरहेका छन्।

नेपाल समूह ‘ए’ को विजेता हुँदै अन्तिम आठमा पुगेको हो।

भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान भने वरीयताका आधारमा सिधा अन्तिम आठमा पुगेका थिए। आज ड्रमार्फत अन्तिम आठमा भिड्ने टिमको टुंगो लाग्दा नेपालको भेट भारतसँग हुने पक्का भएको हो।

नेपालले भोलि प्रतिस्पर्धा गर्न लागेको भारतको टिम सिनियर क्रिकेट टिम भने होइन।

तर भारतको एसियाली खेलकुदको क्रिकेट टिममा आइपिएल स्टारको जमघट छ। अधिकांश खेलाडीले भारतीय टिमबाट डेब्यू गरिसकेका छन्। युवा खेलाडीले भरिपूर्ण भारतीय क्रिकेट टिमविरुद्धको खेल नेपाली राष्ट्रिय टिमका लागि चुनौतीपूर्ण हुनेछ।

Tags: