post-slider post-slider

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन माघमा

Image
A A

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) ले आगामी राष्ट्रिय महाधिवेशन काठमाडौंमा गर्ने भएको छ।

एकीकृत समाजवादीले आगामी माघ १४ गतेदेखि १८ गतेसम्म महाधिवेशन गर्न लागेको हो।

महाधिवेशन स्थलबारे अहिले टुंगो नलागेको एकीकृत समाजवादीले जनाएको छ।

सबै जनवर्गीय संगठनको अधिवेशन सम्पन्न हुन नसकेकाले आगामी मंसिरको दोस्रो सातामा अधिवेशन सम्पन्न गर्ने निर्णय भएकाले महाधिवेशन प्रतिनिधि छनौटका मापदण्डसम्बन्धी कार्यविधि तर्जुमा गर्न लागिएको छ।

केन्द्रीइ कार्यसमितिको बैठकको सुझावअनुसार अधिकांश युवालाई पार्टीमा आकर्षित गर्न केन्द्रीय कार्यसमितिमा उनीहरूको सहभागिता बढाउने, अल्पसंख्यक, दलित, सिमान्तकृत र पिछडिएका समुदाको प्रतिनिधित्वलाई समावेशी गराउने तथा वैचारिक दृष्टिकोणलाई परिमार्जन गर्ने गरी विधान संशोधनका लागि गृहकार्य भइरहेको महासचिव घनश्याम भुसालले जानकारी दिए।

पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण र जनताको बहुदलीय जनवादको सान्दर्भिकताबारे छलफल गर्ने यो महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।

 

Tags: