post-slider post-slider

रूकुमपश्चिम जिप दुर्घटना : गम्भीर घाइते दुई जनाको मृत्यु

Image
A A

काठमाडौं- रुकुमपश्चिममा जिप दुर्घटनामा परी गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का ७ वर्षीय बालक प्रतीक बुढा छन्।

बालक प्रतीकको उपचारका लागि एम्बुलेन्सबाट सुर्खेत लैजाँदै गर्दा सल्यानको नेटा भन्ने स्थानमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको चौरजहारी नगरपालिकाका प्रमुख पुष्प वादीले जानकारी दिएका छन्।

सोमबार बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु १ ज २२९७ नम्बरको जिप दुर्घटना भएको थियो।

दुर्घटनामा परी जिप चालकसहित २२ जना घाइते भएका थिए। जिप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो।

जिपमा क्षमताभन्दा बढी यात्रु चढाएकाले र्दुघटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ।

 

Tags: