post-slider post-slider

फाइनल खेलमा नेपालले मलेसियालाई दियो २५३ रनको लक्ष्य

Image
A A

काठमाडौं- एसिसी अन्डर–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा नेपालले घरेलु टोली मलेसियासामु २५३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

नरेन भट्टको सतकीय इनिङको मदतले नेपालले मलेसियालाई जितका लागि यो लक्ष्य प्रस्तुत गरेको हो।

यसपटक नेपालले उपाधि जित्दै ह्याट्रिक गर्ने लक्ष्य राखेको छ।

एसियाली क्रिकेट काउन्सिलले यसअघि एसिसी अन्डर–१६ इस्टर्न रिजनको प्रतियोगिता आयोजना गरेको थियो।

नेपालले २०१७ र २०१९ मा लगातार उपाधि जितेको थियो। यसपटक पनि उपाधि जितेर नेपालले ह्याट्रिक गर्ने लक्ष्य लिएको हो।

यसअघि समूह चरणको खेलमा नेपालले मलेसियलाई फराकिलो अन्तरले पराजित गरेको थियो।

उमेर समूहको क्रिकेटमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

 

Tags: