post-slider post-slider

महिला विश्वकप फुटबलमा जर्मनीमाथि कोलम्बियाको  जित

Image
A A

काठमाडौं- फिफा महिला विश्वकप फुटबलअन्तर्गत कोलम्बियाले जर्मनीमाथि जित निकालेको छ। समूह ‘एच’ अन्तर्गत भएको खेलमा कोलम्बियाले जर्मनीलाई २-१ गोलले पराजित गरेको हो। 

यसैसँग कोलम्बिया अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ। ४० हजार ४१९ दर्शक अगाडि सिड्नी फुटबल स्टेडियम भएको खेलमा १८ वर्षीया लिंडा कैसिडोले कोलम्बियालाई अग्रता दिलाएकी थिइन्। 

जर्मनीका लागि ८९औं मिनेटमा एलेक्जेन्ड्रा पपले पेनाल्टी गोल गर्दै खेल बराबरी गरिन्। दोस्रो हाफको इन्जुरी समयमा मैंनुइला वैनेगसले गोल गर्दै जर्मनीमाथि सनसनीपूर्ण जित निकाल्न मदत गरिन्। 

समूह ‘एच’मा रहेको कोलम्बियाको २ खेलमा ६ अंक, जर्मनी र मोरक्कोको २ खेलमा ३-३ अंक र दक्षिण कोरियाको कुनै अंक छैन।

 

Tags: