post-slider post-slider

रवि लामिछानेविरूद्ध आज मुद्दा दर्ता गरिँदै

Image
A A

काठमाडौं - पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध आइतबार मुद्दा दर्ता गरिने भएको छ।   

कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा  जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछाने विरुद्ध आइतबार कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरिन लागिएको हो।

जिल्ला प्रहरी कार्यालयले गत पुस १ गते उनी माथी छानबिन सकिएको भन्दै सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

सो प्रतिवेदनमा लामिछाने, गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक छविलाल जोशी, जिबी राई लगायतविरुद्ध १ अर्ब ५१ करोड बिगो माग दाबी गर्नुपर्ने प्रहरीको राय छ।

सहकारी ठगिमा लामिछानेमाथिको अनुसन्धान सकिए पनि प्रतिवेदन अध्ययनको काम भइरहेको भन्दै गत पुस १ गतेदेखि चार दिनको म्याद अदालतले थपेको थियो।

चार दिनको म्याद गत शुक्रबार सकिए पनि शनिबार सार्वजनिक बिदा भएकाले आइतबार मात्रै अदालतमा मुद्दा दर्ता गर्न लागिएको हो।

कानुन बमोजिम ९० दिनभित्र अभियोजन गरिसक्नुपर्ने भएकाले अभियोजन गर्न आइतबारको समयसीमा छ। 

Tags: