post-slider post-slider

गृहमन्त्रीको राजीनामा माग्दै निकालियो मशाल जुलुस

Image
A A

काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) ले राजधानी काठमाडौंमा मशाल जुलुस निकालेको छ।

बालकुमारी घटना र पछिल्ला भ्रष्टाचारका काण्डहरूको विरोधमा राप्रविसंले मशाल जुलुस प्रदर्शन गरेको हो।

आइतबार साँझ शंकरदेव क्याम्पसअगाडि भेला भएर राप्रविसंसम्बद्ध विद्यार्थीहरूले मशाल जुलुस प्रदर्शन गरेका हुन्।

उनीहरूले भ्रष्टाचार, बालकुमारी घटनाको विरोध गर्दै प्लेकार्डसहित सरकारको विरूद्धमा प्रदर्शन गरेका थिए।

प्रदर्शनमा उत्रिएका उनीहरूले गृहमन्त्रीको राजीनामासमेत माग गरेका छन्।

उनीहरूले ‘गृहमन्त्री राजीनामा दे’, ‘स्वदेशमै बाच्ने अधिकार सिर्जना गर’,  ‘मानवअधिकार पालन गर’ लगायतका नारा उल्लेखित प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन्।

 

Tags: