post-slider post-slider

महानगरले हटायो अभद्र व्यवहार गर्ने सात नगर प्रहरी, पाँच जना निलम्बनमा

Image
A A

काठमाडौं- काठमाडौं महानगरपालिकाले १२ जना नगर प्रहरीलाई कारबाही गरेको छ।

महानगरले १२ जना नगर प्रहरीमध्ये सात जना करारका नगर प्रहरीलाई जागिरबाट हटाइएको महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले बताए। सात जनालाई जागिरबाट हटाउनुका साथै पाँच जना स्थायी नगर प्रहरीलाई निलम्बन गरिएको उनको भनाइ छ।

नगर प्रहरीहरूले ड्युटी समयमा निर्देशन दिएविपरीत काम गरेको हुँदा कारबाही गरिएको पाण्डेको भनाइ छ।

'अमानवीय व्यवहार देखिएपछि हामीले यसअघि १२ जना नगर प्रहरीलाई विभागीय कारबाही गरिसकेका छौं। कामबारे ब्रिफिङ गर्दा अभद्र व्यवहार नगर्न समेत भनेका छौं,' उनी भन्छन्।

यस प्रकारका घटना दोहोरिन नदिन क्षेत्रमा खटिएका प्रहरीहरूलाई केन्द्रीय कार्यालयमा बोलाएर आचरणसम्बन्धी तालिम दिन थालिएको पाण्डेको भनाइ छ।

Tags: