post-slider post-slider

एमालेले माग्यो प्रधानमन्त्री प्रचण्डको राजीनामा

Image
A A

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेको छ।

बुधबार राष्ट्रियसभा बैठकमा एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रचण्डको राजीनामा माग गरेका हुन्।

व्यवसायी प्रितम सिंहको पुस्तकको विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै दाहालले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरे।

प्रधानमन्त्रीले राजीनामा नदिँदासम्म संसद बैठक चल्न नदिने उनले बताए।

प्रधानमन्त्री प्रचण्डले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकोले भारतको इसारामा बनेका प्रधानमन्त्री आफ्नो पार्टीलाई स्विकार्य नहुने संसदीय दलका नेता दाहालले बताए।
नेकपा एमालेले प्रधानमन्त्री प्रचण्ड पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको जिकिर गरेको छ।

आइतबार पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार सिंह बारम्बार दिल्ली गएको बताएका थिए।

प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्तिजनक बताएको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेपालको प्रधानमन्त्री नेपालबाट नभएर भारतबाट बन्ने गरेको प्रधानमन्त्री प्रचण्डले अभिव्यक्ति दिएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डको यो अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आपत्तिजनक बताएको छ।

एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले नेपालको प्रधानमन्त्री नेपालबाट नभएर भारतबाट बन्ने गरेको प्रधानमन्त्री प्रचण्डले अभिव्यक्ति दिएको बताएका छन्।

‘यो प्रधानमन्त्रीको निजी विषय होइन, देशको स्वाभिमानसँग जोडिएको विषय हो,’ एमाले सचेतक बर्तौलाले भने,‘संसदले बनाएको प्रधानमन्त्री स्वयंले कोही मान्छे उहाँलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको थियो भन्ने भाष्य स्थापित गरेर नेपालको प्रधानमन्त्री नेपालबाट होइन, दिल्लीबाट बन्दछ भन्ने के स्थापित गर्न खोजिँदैछ?’

प्रधानमन्त्री प्रचण्डलाई पदमा बसिरहने नैतिक आधार नभएको उनले बताए।

 

Tags: