post-slider post-slider

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने सहमति

Image
A A

काठमाडौं- सत्तारुढ दल र प्रतिपक्षी दलबीच संसदीय छानबिन समिति बनाउन सहमति जुटेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलबीच सहकारी ठगी प्रकरणको छानबिनका लागि उक्त सहमति भएको हो।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले छानबिन समिति बनाउने सहमति भएको जानकारी दिए।

समितिलाई कुन मोडालिटीमा अगाडि लैजाने भन्ने विषयमा भने छलफल हुन बाँकी रहेको उनको भनाइ छ।

बैठकले चार सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलमा एमालेबाट पदम गिरी, महेश बर्तौला, कांग्रेसका जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल छन्।

समितिको कार्यादेशबारे आइतबार टुंगो लाग्ने बताइएको छ। गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएपछि नेपाली कांग्रेसले निरन्तर छानबिन समिति गठन गर्न माग गर्दै प्रतिनिधिसभा अवरुद्ध गरिरहेको थियो।

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक थिए।

Tags: