post-slider post-slider

दुई देशमा आवासीय राजदूत नियुक्त

Image
A A

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले दुई देशमा आवासीय राजदूत नियुक्त गरेका छन्।

बिहीबार पौडेलले सरकारको सिफारिसमा दुई देशमा आवासीय राजदूत नियुक्त गरेका हुन्।

उनले दक्षिण अफ्रिकाका लागि नेपालका आवासीय राजदूत दानबहादुर नेपालका आवासीय राजदूत दानबहादुर तामाङलाई गणतन्त्र मोजिम्बकको लागि र स्विटजरल्यान्डका लागि नेपालका आवासीय राजदूत रामप्रसा सुवेदीलाई इटालीका लागि गैरआवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम राजदूत तामाङ र सुवेदीलाई नियुक्त गरिएको जानकारी दिए।

Tags: