post-slider post-slider

खर्च कटौती गर्न २० वटा समिति र आयोग खारेज, चालु आबको सरकारी खर्च १५ खर्ब बढी

Image
A A

काठमाडौं- सरकारले चालु आर्थिक वर्षको सकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रूपैयाँ हुने अनुमान गरेको छ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन्।

यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रूपैयाँ अर्थात विनियोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८ अर्ब ३४ करोड र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३ अर्ब २६ करोड हुने संशोधित अनुमान सार्वजनिक गरिएको छ।

चालु आर्थिक वर्षमा कुल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड हुने अनुमान थियो।

अर्थमन्त्री महतले सार्वजनिक खर्चमा कटौती गर्न २० वटा आयोग र समिति खारेज गर्ने घोषणा गरेका छन्।

सार्वजनिक खर्च प्रणाली आयोगको सुझावअनुसार समिति खारेज गर्ने सरकारले निर्णय गरेको उनले बताए।

 

Tags: