post-slider post-slider

भारतको राजधानी दिल्लीमा जलसतह बढेपछि सयौंको उद्धार

Image
A A

काठमाडौं- युमना नदीको जलसतह बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीका सयौं बासिन्दालाई अन्यत्र सारिएको छ।

मुख्यमन्त्री अरविन्द केजरीवालले जलसतह ४५ वर्षकै उच्च विन्दुमा पुगेको र ‘खतराको तह’ पार गरेको बताएका छन्।

अधिकारीहरूका अनुसार जुन महिनाबाट सुरू भएको मनसुनका बेला दिल्ली नजिकका केहीले पछिल्ला वर्षहरूमा हालसम्मकै अधिक वर्षा भएको महसुस गरेको बताएका छन्।

स्थानीयहरूका अनुसार यसपाली ४१ वर्षपछि दिल्लीमा भारी वर्षा भएको हो। वर्षाका कारण दिल्लीका अधिकांश क्षेत्र डुबानमा परेको बताइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूका अनुसार गत महिना पानी पर्न सुरू भएयता हिमाचल प्रदेसमा कम्तीमा ८८ जनाले ज्यान गुमाएका छन्।

रोयटर्स समाचार संस्थाका अनुसार बुधबार दिल्लीमा यमुना नदीको किनारमा रहकेका छाप्रामा बस्ने मानिसहरू सहरमा स्थापना गरिएका शिविरमा सरेका छन्।

मुख्यमन्त्री केजरीवालले जलसतह बढ्ने क्रम जारी रहेको र यो अझै बढ्नसक्ने बताएका छन्।

 

Tags: