post-slider post-slider

सन्दीप मुद्दाकी पीडित किशोरीले गरिन् आत्महत्याको प्रयास

Image
A A

काठमाडौं- क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दाकी पीडित किशोरीले आत्महत्याको प्रयास गरेकी छन्।

माइती नेपालको संरक्षणमा रहेकी उनले आत्महत्याको प्रयास गरेकी हुन्।

चिकित्सकले प्रिस्क्राइब गरेको औषधि धेरै मात्रामा खाएर उनले आत्महत्याको प्रयास गरेको बताइएको छ। उनी मनोचिकित्सकको परमार्शमा छिन्।

उपचारको क्रममा चिकित्सकले उनलाई औषधि प्रिस्क्राइब गरेको हो।

उनको अहिले काठमाडौंको एक अस्पतालमा उपचार भइरहेको छ। पीडित किशोरीको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ।

जिल्ला अदालतमा मुद्दाको फैसला हुने पेसी तोकिएको एक दिनअघि पीडित किशोरीले आत्महत्यको प्रयास गरेकी हुन्। 

यो मुद्दामा आइतबार अन्तिम सुनुवाइको पेसी तोकिएको छ। उनले यही वर्ष ३.८७ जिपिए ल्याएर कक्षा १२ उतीर्ण गरेकी छन्।

गत वर्ष भदौमा आफूलाई क्रिकेटर लामिछानेले बलात्कार गरेको भन्दै उनले प्रहरीवृत्त गौशालामा किटानी जाहेरी दिएकी थिइन्।

त्यो बेला क्यारेबियन क्रिकेट लिगका लागि वेस्टइन्डिजमा रहेका लामिछाने नेपाल फर्किएलगत्तै पक्राउ परेका थिए।

जिल्ला अदालते उनलाई जमानतमा रिहा गर्न अस्वीकार गरे पनि सर्वोच्च अदालतले विभिन्न शर्त राखेर उनलाई विदेश जान अनुमति दिएको थियो।

मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिएपछि लामिछाने एसिसी कपका लागि राष्ट्रिय टोलीसँग पाकिस्तान गएका छैनन्।

उनी आइतबारको सुनुवाइपछि पाकिस्तान जाने तयारीमा छन्।

 

Tags: