post-slider post-slider

वेस्ट इन्डिज ए ले नेपाललाई दियो १६१ रनको लक्ष्य

Image
A A

काठमाडौँ - वेस्ट इन्डिज ए ले नेपाललाई १६१ रनको लक्ष्य दिएको छ।

त्यस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको हो।

वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्वाधिक ४३ रन बनाएका थिए। त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अविजित ३३ तथा जोन्सन चार्लेजले ११ रन बनाएका थिए।

त्यसैगरी नेपालका बलर सागर ढकाल र कुशल भुर्तेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिएका थिए।
   

Tags: