post-slider post-slider

कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनुपर्छ : मन्त्री बस्नेत

Image
A A

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कक्षा १२ सम्मको शिक्षा देशभर निःशुल्क हुनुपर्ने बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित जनसंख्या र विकाससम्बन्धी सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्नुपर्ने बताएका हुन्।

कक्षा १२ सम्मको शिक्षाको जिम्मा राज्यले लिनुपर्ने उनको भनाइ छ।

मन्त्री बस्नेतले शिक्षालाई निःशुल्क बनाउनुपर्ने कुरा संसद र मन्त्रिपरिषदमा पनि राखेको बताए।

शिक्षा र स्वास्थ्य जनताको आधारभूत आवश्यक्ता भएको उल्लेख गर्दै उनले यसको प्रगति र व्यवस्थापनविना राष्ट्रको विकास सम्भव नहुने उल्लेख गरे।

आफूले मन्त्रीको जिम्मेवारी सम्हालेपछि १६ वर्षदेखि मन्त्रालयमा अल्झिएर बसेका विभिन्न रणनीतिहरू पास गरेको दाबी गरे।

उनले केही दिनअघि कान्ति बाल अस्पतालमा आकस्मिक उपचार नपाएर एक बालिकाको मृत्यु भएको प्रकरणमा सम्बन्धित स्वास्थ्यकर्मीको कमी कमजोरी भएको भन्दै कारबाही प्रक्रिया अगाडि बढेको जानकारी दिए।

मन्त्री बस्नेतले सरकारी छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकहरू पनि पूर्वशर्तबमोजिम दूर्गम ठाउँमा गएर सेवा नगर्ने गरेको अवस्था रहेको बताए।

विभिन्न बाहानाबाजी गरेर चिकित्सकहरू सुविधासम्पन्न ठाउँमा बसिरहने प्रवृत्ति रहेको उनले बताए।

बस्नेतले मेडिकल बोर्डले समेत सम्बन्धित चिकित्सकहरूलाई बिरामी भएको प्रमाणिति गरिदिने गरेको जिकिर गरे।

 

Tags: