post-slider post-slider

बालुवाटारमा चार दलबीच ८ बुँदे सहमति, यस्ता छन् सहमतिका बुँदा

Image
A A

काठमाडौं- बालुवाटारमा जारी नयाँ गठबन्धनका चार राजनीतिक दलबीच लिखित सहमति भएको छ।

सोमबार साँझबाट चलेको चार राजनीतिक दलबीच ८ बुँदे सहमति भएको स्रोतले बतायो।

बैठकमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी थिए।

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने बैठकमा चार दलबीच सहमति भएको स्रोतले बतायो।

राष्ट्रिय सभा अध्यक्षमा नेकपा माओवादी केन्द्रले उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई उठाउने तयारी गरेको छ।

सोमबारै चार दलबीच नयाँ गठबन्धन बनेको थियो। गठबन्धन बनेसँगै माओवादी, रास्वपा र एमालेका तीन मन्त्रीले सपथ खाइसकेका छन्।

Tags: