post-slider post-slider

मन्त्री ज्वाला सवार गाडीमा आगजनी, स्थिति नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

Image
A A

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ।

मन्त्री ज्वाला सवार बा २ झ ५८६१ नम्बरको गाडीमा ललितपुरको बालकुमारीमा आगजनी भएको हो।

उनी सवार गाडीको हावा खोलेर आगो लगाइएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

प्रहरीको गोली लागेर एक जना घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका वरिष्ठ उपरीक्षक शिद्धिविक्रम शाहले जानकारी दिएका छन्।

रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिइएको र मन्त्री ज्वालालाई सुरक्षित सिंहदरबार पु¥याइएको उनले बताए। 

ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरू बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।

 

Tags: