post-slider post-slider

एसियाड : श्रीलंकालाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा

Image
A A

काठमाडौं- चीनमा जारी एसियन खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा श्रीलंकालाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको छ।

बुधबार खेलिएको क्वार्टरफाइनलमा अफगानिस्तानले श्रीलंकामाथि रोमाञ्चक जित हासिल गरेको हो।

टस हारेको अफगानिस्तानलाई श्रीलंकाले पहिले ब्याटिङका लागि निम्तो गरेको थियो। अफगानिस्तानले १८.३ ओभरमा सबै विकेट गुमाएर ११६ रन बनाएको थियो।

११७ रनको जितको लक्ष्य लिएर जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका १९.१ ओभरमा अलआउट भएर जम्मा १०८ रनमात्रै बनाउनसक्यो।

अफगानिस्तानका गुलबदिन नाइब र क्वास अहमदले ३–३ विकेट लिए। करिम जनत, जहिर खान र सराफुद्दिन असरफले १–१ विकेट हात पारे।

खराब सुरूवात गरेको श्रीलंकाको ५० रन नपुग्दै तीन विकेट गुमिइसकेको थियो। श्रीलंकाका लागि कप्तान सहान अराचचिगेले सर्वाधिक २२ रन बनाए।

अफगानिस्तानका लागि नुर अली जदारनले अर्धशतक बनाएका थिए। उनले ५२ बलको सामना गरी १ छक्का र ६ चोका प्रहार गरे।

श्रीलंकाली बलर नुवान थुसराले ४ विकेट लिए पनि टिमलाई सेमिफाइनलमा पु¥याउन सकेनन्।

भारत र पाकिस्तान यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन्।

 

Tags: