post-slider post-slider

एसियाड : पाकिस्तानलाई हराउँदै अफगानिस्तान फाइनलमा, भारतसँग भिड्ने

Image
A A

काठमाडौं- एसियाली खेलकुदको पुरुष क्रिकेटतर्फ अफगानिस्तान फाइनलमा प्रवेश गरेको छ।

पाकिस्तानलाई ४ विकेटले पराजित गर्दै अफगानिस्तान फाइनलमा प्रवेश गरेको हो।

पाकिस्तानले प्रस्तुत गरेको ११६ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्दै अफगानिस्तान पुरुष क्रिकेटतर्फको फाइनलमा प्रवेश गरेको हो।

स्वर्ण पदकका लागि फाइनलमा भारत र अफगानिस्तान भिड्ने भएको छ।

टस जितेर अफगानिस्तानले पाकिस्तानलाई ब्याटिङका लागि निम्तो दिएको थियो।

पाकिस्तानले १८ ओभरमै सबै विकेट गुमाएर जम्मा ११५ रन बनायो।

११६ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको अफगानिस्तानले १७.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य प्राप्त ग¥यो।

अफगानिस्तानका तर्फबाट नूरअलि जदरानले सर्वाधिक ३९ रन बनाए। त्यस्तै गुबादीन नैयबले २६ र अफसर जाजीले १३ रनको योगदान दिए।

पाकिस्तानका तर्फबाट ओपनिङका लागि आएका उमर युसुफले सर्वाधिक २४ रन बनाएका थिए।

 

Tags: