post-slider post-slider

मुगु सामूहिक हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ

Image
A A

काठमाडौं- मुगु सामूहिक हत्या प्रकरणमा प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ।

हत्याको घटनामा संलग्न हुने आशंकामा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको हो।

यद्यपि पक्राउ परेका व्यक्तिको नाम र ठेगाना भने प्रहरीले गोप्य राखेको छ।

अनुसन्धान प्रभावित हुनसक्ने भनेर पक्राउ परेका व्यक्तिको नाम गोप्य राखिएको प्रहरीले बताएको छ।

तीन बालबालिकासहित चार जनाको हत्या भएको घटनामा प्रहरीले हालसम्म कुनै सुराक पत्ता लगाउन सकेको छैन। 

तालिमप्राप्त कुकुर, प्रदेस प्रहरी कार्यालयको अनुसन्धान टोली र जुम्लाबाट पनि खटिएको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।

तालिमप्राप्त कुकुरले पनि कुनै संकेत दिन नसकेको बताइएको छ।

शुक्रबार छाँयानाथ नगरपलिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीया छोरा मनोज, ८ महिनाका छोरा रहर र ८ वर्षीया छोरी अप्सराको शव घरभित्रै फेला परेको थियो।

बुधबार बेलुका नै घटना भए पनि दुई दिनपछि उनीहरूको हत्या भएको खुलेको थियो।

वैदेशिक रोजगारका लागि कतारमा रहेका श्रीदेवीका श्रीमान घर फर्किएपछि आइतबार शवलाई पोस्टमार्टका लागि अस्पताल लगिएको थियो।

 

Tags: