post-slider post-slider

भारतद्वारा क्यानडाली कूटनीतिज्ञ निष्कासित

Image
A A

काठमाडौं- भारत सरकारले क्यानाडाका एक जना वरिष्ठ कूटनीतिज्ञलाई निष्कासन गरेको छ।

क्यानाडाले भारतीय कूटनीतिज्ञ पवन रायलाई निष्कासन गरेको केहीबेर नबित्दै भारतले पनि क्यानाडेली कूटनीतिज्ञलाई निष्कासन गरेको हो।

क्यानाडाले पृथकतावादी खालिस्तान नेता हरदीपसिंह निज्जरको हत्यामा संलग्न रहेको आरोपमा भारतीय कूटनीतिज्ञ रायलाई निष्कासन गरेको थियो।

भारतले पनि त्यही शैलीमा क्यानाडाका कूटनीतिज्ञलाई निष्कसान गरेको हो।

भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा रहेका क्यानाडाका उच्चायुक्तलाई बोलाएर उच्चायोगका एक जना वरिष्ठ कूटनीतिक कर्मचारीलाई निष्कासन गर्ने भारत सरकारको निर्णयबारे जानकारी गराएको छ।

नयाँ दिल्लीले निष्कासन गरेका क्यानेडाली कूटनीतिज्ञलाई पाँच दिनभित्र भारत छाड्न आदेश दिएको छ।

यो निर्णयले भारतको आन्तरिक मामिलामा क्यानडाली कूटनीतिज्ञहरूको हस्तक्षेप र भारत विरोधी गतिविधिहरूमा उनीहरूको संलग्नता देखिएको विदेश मन्त्रालयका एक जना अधिकारीले बताएका छन्।

विधिको शासनप्रति दृढ प्रतिबद्धतासहितको लोकतान्त्रिक राजनीतिक पद्धति अपनाएको भारतमाथि क्यानाडले लगाएको आरोपलाई विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आधारहीन भएको टिप्पणी गरेका छन्।

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले संसदको आकस्मिक बैठकमा हरदीपसिंह निज्जरको हत्यामा नयाँ दिल्ली संलग्न भएको आरोप लगाएका थिए।

गत जुनमा निज्जर ब्रिटिस कोलम्बियामा मृत अवस्थामा भेटिएका थिए।

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्यानाडामा भारतविरोधी गतिविधि बढेकोमा गम्भीर चिन्ता व्यक्त गर्दै क्यानाडाको भूमिलाई भारतविरूद्ध उपयोग हुन नदिन ट्रुडोलाई अनुरोध गरेका थिए।

 

Tags: