post-slider post-slider

काठमाडौंका सिडिओ उपाध्याय सचिवमा बढुवा

Image
A A

काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय सचिवमा बढुवा भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

सरकारको प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौंका प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय भएको जानकारी दिइन्।

लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा रहने समितिले वरिष्ठतम सहसचिवहरू लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो।

तीन जनाको नाम सिफारिस भएकोमा मन्त्रिपरिषद बैठकले उपाध्यायलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।

त्यस्तै मन्त्रिपरिषद बैठकले बेपत्ता व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको समयावधि पुस मसान्तसम्म थप्ने निर्णय गरेको छ।

Tags: