post-slider post-slider

यी पाँच चिजको सेवनले निराकरण गर्छ पेटको समस्या

Image
A A

काठमाडौं - पाचन प्रक्रियालाई ठिक राख्न फाइबर चाहिन्छ। उच्च फाइबरयुक्त खानेकुराले पेट फुल्ने, कब्जियत हुने, दुख्ने, एसिडिटी र अन्य समस्याहरूलाई टाढा राख्छ।

डाइटरी फाइबरयुक्त खानेकुराले आन्द्राको चाल राम्रो राख्छ। यी खानेकुराले दिसालाई पनि राम्रो बनाउँछ, जसले कब्जियतबाट बचाउँछ।

साथै, फाइबरको सेवनले तौल घटाउनमा पनि अद्भुत प्रभाव देखाउँछ। यसले बढ्दो तौल घटाउन मद्दत गर्छ। यस्तो अवस्थामा फाइबरयुक्त खानेकुराहरू खानुहोस्, जसलाई आहारमा समावेश गर्दा पेटलाई स्वस्थ राख्न निकै मद्दत पुग्छ।

ब्रोकाउली 

ब्रोकाउलीमा प्रशस्त मात्रामा फाइबर हुन्छ। ब्रोकाउली खाँदा पेटको राम्रो ब्याक्टेरियालाई फाइदा हुन्छ र पेटलाई स्वस्थ र सन्तुलित राख्छ।

यस्तो अवस्थामा ब्रोकाउली खानु निकै फाइदाजनक हुन्छ। ब्रोकाउलीलाई विशेष गरी तौल घटाउने आहारमा समावेश गर्न सकिन्छ।

स्याउ

स्याउ फाइबरयुक्त फलफूलमा गनिन्छ। स्याउ खाँदा तौल सामान्य रहन्छ र पाचन पनि स्वस्थ रहन्छ। तपाईं दैनिक एकदेखि दुई वटा स्याउ खान सक्नु हुन्छ। स्याउ खाने सबैभन्दा राम्रो समय बिहान १० देखि ११ र बेलुका ४ देखि ६ सम्मलाई मानिन्छ।

सिमी 

खानामा फाइबरको मात्रा पूरा गर्न सिमी खान सकिन्छ। सिमी तरकारी, सलाद, सूप र स्ट्यू आदि बनाउन प्रयोग गर्न सकिन्छ। आधा कप सिमीबाट शरीरलाई ९ ग्रामसम्म फाइबर प्राप्त हुन्छ।

ड्राइ फ्रुट

सुख्खा फलफूलबाट पनि शरीरलाई राम्रो मात्रामा फाइबर प्राप्त हुन्छ। बदाम, काजु र ओखर जस्ता सुख्खा फलफूलमा फाइबर प्रशस्त हुन्छ। यी खाजाको रूपमा खान सकिन्छ। ड्राई फ्रुट स्वादमा मात्रै राम्रो नभई स्वास्थ्यमा पनि प्रभावकारी हुन्छ। तिनीहरूलाई आहारको भाग बनाउनु धेरै लाभदायक छ।

केरा 

केरामा पोटासियम र फाइबर प्रशस्त मात्रामा पाइन्छ। स्वास्थ्यका लागि दैनिक एक वा दुईवटा केरा खान सकिन्छ। केरा खाँदा शरीरलाई प्रशस्त मात्रामा फाइबर प्राप्त हुन्छ। केरालाई सादा खान सकिन्छ वा ओट्स, दही, मिल्क शेक वा स्मूदीसँग प्रयोग गर्न सकिन्छ।

Tags: