post-slider post-slider

लामिछाने र महान्यायाधीवक्ताविरूद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

Image
A A

काठमाडौं - सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलविरुद्ध पेश भएको रिट निवेदन दर्ता गर्न आफ्नो प्रशासनलाई आदेश दिएको छ।

न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेश गरेको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने दरपीठ आदेश खारेज गरेको हो।

सर्वोच्च अदालतको यो आदेशपछि अधिवक्ता भट्टराईले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन दर्ता हुने भएको छ। यसअघि सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेको थियो।

अधिवक्ता अनुपम भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेलाई दिएको 'दोषी नरहेको आशय' को पत्रको वैधतामाथि प्रश्न उठाई रिट पेश गरेका थिए।

आफूमाथि सहकारी ठगीको आरोप लागेपछि लामिछानेले महान्यायाधीवक्ता कार्यालयको दुरुपयोग गरेको आरोप लागिरहेको छ। 

Tags: