post-slider post-slider

भूकम्प प्रभावित क्षेत्रमा चीनले १० करोड रूपैयाँको सामग्री सहयोग गर्ने

Image
A A

काठमाडौं- चीन सरकारले बाजुरा भूकम्प प्रभावितहरूको राहत र उद्धारका लागि १० करोड रूपैयाँ बराबरको सामग्री सहयोग गर्ने भएको छ।

नेपालका लागि चिनियाँ राजदूतावासले भूकम्प प्रभावितहरूका लागि १० करोड रूपैयाँ मूल्य बराबरको राहत सामग्री सहयोग गर्ने जनाएको हो।

नेपालका लागि चिनियाँ राजदूतले भूकम्प प्रभावित क्षेत्रलाई टेन्ट, ब्ल्याङ्केटसहित १० करोड नेपाली रूपैयाँको सामग्रीहरू प्रदान गर्ने जनाएका छन्।

सामाजिक सञ्जाल ट्विटरमार्फत उनले आपतकालीन प्रतिक्रियाको रूपमा चीनले पहिलो चरणको सहयोग कार्यक्रम घोषणा गरेको उनले बताएका छन्।

चीनको साउथ एसियन कन्ट्रिज इमरजेन्सी सप्लाइज रिजर्भले प्रदान गर्ने यो सहयोग आइतबारसम्म नेपाल आइपुग्ने बताइएको छ।

चीनले सहयोगका लागि थप सहायताहरू आउने क्रममा रहेको जनाएको छ।

 

Tags: