post-slider post-slider

भूकम्पबाट ४० हजार विद्यार्थी प्रभावित

Image
A A

काठमाडौं- जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेस सरकारले जनाएको छ।

प्रदेस सरकारकयो सामाजिक विकायस मन्त्रालयका अनुसार प्रभावित विद्यालयमा अध्ययनरत कूल विद्यार्थीमध्ये ३० प्रतिशत भूकम्पबाट प्रभावित भएका हुन्।

भूकम्पबाट क्षति भएका जाजरकोट र रुकुमपश्चिमका विभिन्न विद्यालयमा अध्ययनतर १ लाख ३३ हजार ६८७ जनामध्ये ४० हजार ११० विद्यार्थी प्रभावित भएको सामाजिक विकास मन्त्रालयले बताएको छ।

जाजरकोटमा ७५ हजार ८५३ विद्यार्थीमध्ये २२ हजार ७५९ र रुकुमपश्चिममा ५७ हजार  ८३४ विद्यार्थीमध्ये १७ हजार ३५१ जना भूकम्पबाट प्रभावित भएका छन्।

जाजरकोटमा ४२३ र रुकुमपश्चिममा ३१३ गरी  ७३६ विद्यालयमध्ये २०८ वटा विद्यालय पूर्ण रुपमा क्षति भएका छन् भने ४१८ विद्यालय आंशिक रुपमा क्षति भएको जनाइएको छ।

भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको सरकारी तथ्यांक रहेको छ। जसमा सबैभन्दा धेरै रुकुमपश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको हो।

त्यस्तै रुकुमपश्चिममा ३६ र जाजरकोटमा ३५ गरी ७१ विद्यार्थी घाइते भएका छन्।

 

Tags: