post-slider post-slider

राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

Image
A A

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका छन्।

सिंहदरबारको मूल गेटअगाडि रहेको शालिकमा उनले माल्यार्पण गरेका हुन्।

नेपाल एकीकरण अभियानको नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भमा सिंहदरबारको पश्चिम गेट पुगेर राष्ट्रपति पौडेलले माल्यार्पण गरेका हुन्।

यो अवसरमा नेपाली सेनाको टोलीले सम्मान गारत अर्पण गरेका थिए।

पृथ्वी जयन्तीको अवसरमा सरकारले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

Tags: