post-slider post-slider

मुगु सामूहिक हत्या प्रकरण : दुई जना पक्राउ

Image
A A

काठमाडौं- मुगुको सामूहिक हत्या प्रकरणमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मुगु छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवै जनालाई शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी जिल्ला प्रहरी कार्यालयले गरेको छ।

पक्राउ पर्नेमा एक जना मृतकको मामाको छोरा तथा अर्का छिमेकी गाउँको रहेको प्रहरीले जनाएको छ।

घटनाको कारण, हत्याका आरोपीबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताएका छन्।

गत कात्तिक ८ गते छायाँनाथ रारा नगरपालिका–६ मुन्दुगाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका छोरा ११ वर्षीय मनोज, ८ वर्षीय छोरा रहर र ८ वर्षीया छोरी अप्सराको सामूहिक हत्या भएको थियो।

घटनामा संलग्नलाई पक्राउ गर्न कर्णाली प्रदेस प्रहरी, मुगु प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोलगायतको टोली खटिएको थियो।

 

Tags: