post-slider post-slider

पिएसजीले जित्यो फ्रेन्च लिग वानको उपाधि

Image
A A

काठमाडौँ - पिएसजीले फ्रेन्च लिग वानको उपाधि जितेको छ। गएराति सम्पन्न खेलमा टोउलोउससँग ३-१ गोलको हार बेहोरेपनि पिएसजीले यस सिजनको लिग जितेको हो।

टोउलोउसको जितमा थिजस डालिंगा, यन बोहो र फ्र्यांक माग्रीले एक एक गोल गरेका थिए । त्यसैगरी पिएसजीका लागि एक गोल किलियन एम्बाप्पेले गरेका थिए।

यस सिजनको लिगमा पिएसजीको यो दोस्रो हार हो। ३२ खेलमा ७० अंक रहेको पिएसजी लिगमा शिर्ष स्थानमा कायम रहेको छ र यस सिजनका दुई खेल अघिनै उपाधि जितेको छ।

दोस्रो स्थानमा रहेको मोनाको ३३ खेलमा ६४ अंक सहित ६ अंकले पछाडी परेपछि पिएसजीले उपाधि जितेको हो। यस सिजनमा लिगमा ३४ खेल मात्र खेलिदै छ।

पिएसजीको यो १२औं फ्रेन्च लिग वानको उपाधि हो । भने पछिल्लो तीन बर्ष लगातार पिएसजीले यो उपाधि जितेको छ। 

Tags: